कारोबार


नेपाल-भारत सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकले गर्‍यो यी सहमति

नेपाल-भारत सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकले गर्‍यो यी सहमति

नेपालखबर
मंसिर २२, २०७७ सोमबार १५:१८,

नेपाल-भारत सचिवस्तरीय अन्तरसरकारी समिति (आइजीसी) बैठक सम्पन्न भएको छ। आज बसेको समितिको भर्चुअल बैठकले ८ ओटा विषयमा सहमति गरेको छ।

नेपाल-भारत पारवहन सन्धी र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्ने विषयमा सहमति गरेको उद्योग वाणिज्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सूचना अधिकारी उर्मिला केसीका अनुसार थप सहमतिमा बंगलादेशसँगको व्यापारका लागि भारतको एसियन हाइवे–२ प्रयोग गर्न पाउने व्यवस्थाका लागि भारतीय पक्ष आफैँले सम्बन्धित निकायहरुसँग लबिङ गर्ने, दोधारा–चाँदनी र बनबासामा एकीकृत जाँच चौकी निर्माण र सो स्थानसम्म रेल सेवा सञ्चालन गर्ने रहेका छन्।

त्यसैगरी दोधारा चाँदनी-वनबासा क्षेत्रमा क्रस बोर्डर इकोनोमिक जोन निर्माण सम्भावनाका लागि विस्तृत अवधारणा तयार गरी थप छलफल गर्ने र यसका लागि नेपाल पक्षले अवधारणा पत्र तयार गर्ने सहमति भएको छ।

यसैगरी दुवै मुलुकका निजी क्षेत्रको प्रतिनिधित्व भएको संयुक्त व्यावसायिक मञ्चको बैठक २०२१ को पहिलो त्रैमास भित्र सम्पन्न गरिनेछ।

दुई पक्षबीच नेपाली जुट उद्योगहरुले भारतको आईएसआई प्राप्त गरेको कारणले भारतीय खाद्य संस्थान लगायतका सरकारी खरिद प्रकृयामा सहभागी हुन अनुमति दिनका लागि सम्बन्धित निकायसँग छलफल गर्ने, नेपाल भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर प्रक्रिया अघि बढाउने, विरगञ्ज एकीकृत जाँच चौकी तथा विराटनगर एकीकृत जाँच चौकीहरुमा रेल्वे लाईन विस्तार तथा स्तरोन्नतिका लागि छलफल अघि बढाउने सहमति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad