कारोबार


हुवावेको ६ महिनाको आम्दानी ५८ अर्ब ३० करोड डलर

हुवावेको ६ महिनाको आम्दानी ५८ अर्ब ३० करोड डलर

नेपालखबर
साउन १४, २०७६ मंगलबार ११:४५,

चिनियाँ कम्पनी हुवावेले चालू वर्षको मध्यावधिमा आम्दानी २३.२ प्रतिशतले बढाएको छ। विश्वकै ठूलो दूरसञ्चार सेवा सामग्री निर्माता कम्पनी हुवावेले यो वर्षको मध्यावधिसम्ममा ५८ अर्ब ३० करोड डलर आम्दानी गर्न सफल भएको हो। कम्पनीले मंगलबार उक्त तथ्यांक प्रस्तुत गरेको सिन्ह्वाले जनाएको छ।

यो अवधिमा कम्पनीको नेट प्रोफिट मार्जिन ८.७ प्रतिशत रहेको हुवावेले जारी गरेको तथ्यांक रिपोर्टमा उल्लेख छ। त्यस्तै कम्पनीको स्मार्टफोन शिपमेन्ट पनि २४ प्रतिशतले बढेको छ। यो अवधिमा ११ करोड ८० लाख स्मार्टफोन शिपमेन्ट (जहाजमा राख्ने काम) भएको छ। त्यस्तै कम्पनीका ट्याबलेट, पीसी, विरेबलको शिपमेन्टमा पनि वृद्धि भएको देखिएको छ।

हुवावेका प्रमुख लियांग हुआले शेन्जेनमा रहेको कम्पनीका कार्यसञ्चालन उत्साहपूर्ण रुपमा भइरहेको जानकारी दिए। उनले अहिले कम्पनीको व्यवसाय उल्लेखनीय रुपमा अघि बढेको पनि बताए। यद्यपि उनले केही समय वृद्धिदरमा कमी आउनसक्ने पनि जानकारी दिए।

चीन र अमेरिकाबीचको व्यापार युद्धमा परेको हुवावेले यो वर्षको मध्यावधिमा पुनः कमब्याक गरेको छ।

कम्पनीले यो वर्ष १ सय २० अर्ब युआन अनुसन्धान र विकासमा खर्च गर्ने योजना बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .