स्थानीय बजारमा आइतबार पहेंलो धातुको मूल्य प्रतितोला रु ६ सयले ओरालो लागकोे छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७ सयमा कारोवार भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३ सयमा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन आज प्रतितोला रु ९० हजार २ सयमा कारोवार भएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८ सयमा कारोवार भएको थियो।
यस्तै चाँदी आज प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ। शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो। शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला रु १५ ले घटेको हो। रासस
प्रतिक्रिया