नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतगणना सुरु भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिस्थानमा मतगणना सुरु भएको हो।
रातभरिमा मतगणना सम्पन्न गर्ने निर्वाचन समितिले जानकारी गराएको छ।
वरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकाल र किशोर प्रधान रहेका छन् भने जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन्।
त्यस्तै वस्तुगततर्फ अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ चुनावी मैदानमा छन्। ६० कार्यकारिणी सदस्यका लागि १२७ जना चुनावी मैदानमा रहेको छन्।
निर्वाचन समितिले अहिले जिल्ला नगर तर्फको मत गणाना भइरहेको जनाएकाे छ।
जसमा अहिलेसम्म अरुण सुमार्गी ११ मत, कमल श्रेष्ठ ११, गजेन्द्र भगत ९, चक्र अधिकारी ९, अशोकलाल अमात्य ९, पर्शुराम चपाई ८, मनोज मुण्दडा ८ र देवकुमार श्रेष्ठले ७ मत प्राप्त गरेका छन्।
Shares

प्रतिक्रिया