ad ad

कारोबार


महासंघमा धेरै काम गर्ने रुचि छ, त्यही भएर उपाध्यक्षको उम्मेदवार भएँ : अन्जन श्रेष्ठ

महासंघमा धेरै काम गर्ने रुचि छ, त्यही भएर उपाध्यक्षको उम्मेदवार भएँ : अन्जन श्रेष्ठ

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ७:२३,

उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा तथा निर्वाचनमा व्यवसायी अन्जन श्रेष्ठले वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

आफूले महासंघमा १२ वर्षदेखि योगदान गरेको भन्दै उनले उम्मेदवारी दिनुपर्नाको कारण खुलाएका छन्।

महासंघको साधारणसभाको बन्दसत्रमा बोल्दै उनले १२ वर्षदेखि महासंघमा रहेको, विभिन्न समितिमा काम गरेकोले उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका हुन्।

आफूले धेरै पटक वा धेरै वटा ऐन निर्माणमा उद्योगी व्यवसायीको पक्षमा लबिङ गर्ने मौका पाएर सोहीअनुरुप काम गरेको श्रेष्ठले बताए।

अब पनि यस्ता धेरै काम गर्न आफू तयार रहेको र रुचि रहेको कारण महासंघमा अघि बढ्न लागेको उनको भनाइ छ। त्यसमा सबै व्यवसायीको साथ रहने समेत उनले बताए।

वस्तुगतमा आफ्नो टिम पनि त्यस्तै सशक्त रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .