ad ad

कारोबार


एकै ठाउँबाट एक अर्बको गाडी व्यापार

एकै ठाउँबाट एक अर्बको गाडी व्यापार

दीपक भट्ट
साउन १३, २०७६ सोमबार १३:४०,

नेपाल अटो मोबाइल्स डिलर्स संघ (नाडा) ले आयोजना गर्ने नाडा अटो सो नेपालमा दुईपांग्रे तथा चारपांग्रे सवारी साधनको एक मात्र व्यापार मेला हो। यो प्रर्दशनीमा पछिल्लो समय गाडी निर्माता कम्पनी मात्र नभई स्पेयर्स पार्टस्, लुुब्रिकेन्टदेखि टायर कम्पनीसम्म थपिएका छन्।

करिब एक साता चल्ने यो अटो शोको कारोबार १ अर्ब रुपैयाँ भन्दा बढी हुने गरेको नाडा अध्यक्ष शम्भु दाहाल बताउँछन्। उनी भन्छन्, ‘नेपालमा बिक्री हुने गाडीमध्ये करिब ४० प्रतिशत हाराहरी यही सो मा बुकिङ हुने गरेका छन्।’

गाडीको लागि फाइनान्स सुविधा समेत उपलब्ध हुने तथा मूल्यमा छुट हुने भएकाले गाडी किन्न खोज्नेहरु नाडा अटो सोलाई पर्खिएर बस्छन्। यो सोमा मुख्यतः दुई पाङग्रे तथा चार पाङ्ग्रे सवारी साधन प्रदर्शनीमा राखिन्छन्।

गत वर्ष भदौ २६ देखि ३१ गतेसम्म भएको सोमा एक अर्ब रुपैयाँको कारोबार भएको नाडाको तथ्यांकले देखाउँछ। ६० हजार दर्शकले अवलोकन गर्दा सो परिमाणको व्यापार भएको हो। आगामी भदौ १० देखि सुरु हुने यो वर्षका सोमा त्योभन्दा उच्च कारोबार र दर्शक सहभागिता रहने नाडाको विश्वास छ।

नयाँ प्रोडक्ट सार्वजनिक गर्ने थलो
अन्तर्राष्ट्रि स्तरमा नाम चलेका विभिन्न कम्पनीले नयाँ उत्पादन सार्वजनिक गर्ने थलोको रुपमा नाडा अटो सोलाई लिने गरेका छन्। यो वर्ष फोर्ड गाडीको नेपाल अधिकारिक बिक्रेता जीओ फोर्डले इकोस्पोर्टको थन्डर मोडल सार्वजनिक गर्दैछ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोमा दुई कार सार्वजनिक गर्ने तयारी गरेको छ। विद्युतीय इभी टिगोर र एसयूभी टाटा ह्यारियर सो मा सार्वजनिक गरिनेछ।

जीप कम्पासको आधिकारिक बिक्रेता मोरङ अटो वक्र्सले नाडा अटो शोमा जीप कम्पास ट्रायल हक सार्वजनिक गर्ने तयारी गरेको छ। एमएडब्लूले गत वर्ष नाडा शोमार्फत नेपालमा पहिलो पटक जीपको बिक्री वितरण सुरु गरेको थियो।

नेपालका यामाहाको आधिकारिक बिक्रेता मोरङ अटो वक्र्सले नाडा अटो शोमा यामाहा एमटी१५ बाइक सार्वजनिक गर्ने तयारी गरेको छ। एमटी१५ मा १५० सीसीको इन्जिन रहेको यसले ४८ किलोमिटर प्रतिलिटर माइलेज समेत दिनेछ। मोटरसाइकलमा ६ स्पिड गियर छन्।

नेपालमा हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले नाडा अटो शोमा हिरो प्लेजर प्लस ११० र हिरो एक्सपल्ज २०० सार्वजनिक गर्ने तयारी गरेको छ।

सुजुकी दुईपांग्रे सवारीको आधिकारिक बिक्रेता विशाल ग्रपले पनि नाडा अटो शोमा जिक्सर २५० र जिक्सर १५० सार्वजनिक गर्दैछ। एमजीको नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले एमजी इजेडएस ल्याउनेछ।

हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटो शोमा हुन्डाई भेन्यू सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .