ad ad

कारोबार


नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनले मनायो २५औं कार्गो दिवस

नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनले मनायो २५औं कार्गो दिवस

नेपालखबर
साउन १३, २०७६ सोमबार १०:२४,

नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनले २५औं कार्गो दिवस मनाएको छ। नेपालमा कार्गो दिवस मनाउन थालेको २५ वर्ष पुगेको अवसरमा एसोसिएसनले राजधानीमा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरेको हो। हरेक वर्ष २९ जुलाईमा कार्गो दिवस मनाउँदै आइरहेको छ।

कार्यक्रममा उपराष्ट्रपति पुनले कार्गो व्यवसायले उद्योगको मान्यता पाएर अघि बढ्नुपर्ने बताए। उनले नेपालको कार्गो व्यवसयमा रहेको समस्याहरु समाधान गर्दै अघि बढ्नुपर्ने जानकारी गराए। आयातनिर्यात व्यवसाय रहेको कार्गो सेवालाई प्रविधिमैत्री बनाउँदै लानुपर्ने उनको भनाइ छ। उनले नेपालमा जलमार्ग तथा रेलमार्ग पनि विकास गर्ने तयारीमा रहेकोले यो व्यवसायको लागत तथा नेपालको व्यापारको अवस्था नै परिवर्तन गर्ने बताए।

उपराष्ट्रपति पुनले नेपालको व्यवपार असन्तुलन रहेको भन्दै नेपालमा उत्पादित वस्तुहरुको प्रवर्द्धन गर्नु पनि आवशयक रहेको जानाकारी गराए। तयसको महत्वपूर्ण माध्यम कार्गो व्यवसाय रहेको जानकारी गराए।

उनले आगामी वैशाखसम्म नेपालले रेलबाट नै वस्तु आयात निर्यात गर्ने उनको दाबी छ। कार्यक्रम कार्गो व्यवसयाीहरुले कार्गो क्षेत्र उद्योगको रुपमा विकास हुन नसकेको गुनासो गरेका थिए। उनीहरुले नेपालको उद्योगी व्यवसायीहरुले सामान आयातनिर्यात गर्ने माध्यम बन्दै आएको कार्गो क्षेत्र पछि परेको भन्दै गुनासो गरेका हुन्।

नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्कीले १ सय ३० वटा कार्गो कम्पनीहरु एसोसिएसनमा आबद्ध रहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .