कारोबार


राष्ट्रिय वाणिज्य बैंक र दुधौली नगरबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र दुधौली नगरबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

नेपालखबर
असोज १९, २०७७ सोमबार ९:१४,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र दुधौली नगरपालिका (सिन्धुली जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि नगरलालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए। नगर प्रमुख घनश्याम राउतले यस्तो कर्जाको उपभोगबाट नगरबासीले आफ्नो तथा समुदायको आर्थिक स्तर उकास्न सघाउ पुग्ने बताए।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले बैंकले राज्यले अवलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौ वटा शिर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए। कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम सञ्चालन गरेका थिए।

उक्त अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, कम्पनी सचिव भोलानाथ पौडेल, नगरपालिकाका कर्मचारीहरु, स्थानीय उद्यमीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad