कारोबार


इसेवा मनि ट्रान्सफरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक

इसेवा मनि ट्रान्सफरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक

नेपालखबर
असोज १९, २०७७ सोमबार ९:२,

इसेवा मनि ट्रान्सफरले नेपालीहरूको महान पर्व दशैँ तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तरगत इसेवा मनि ट्रान्स्फर मार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा रू सय बराबरको रिचार्ज जित्न सकिन्छ।

इसेवा मनि ट्रान्सफरका एजेन्ट मार्फत रकम प्राप्त गर्दा रू सय बराबरको रिचार्ज पाइने छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा रू सय बोनस प्राप्त गर्न सकिनेछ। यो योजना मंसिर ६ गतेसम्म लागु हुनेछ। यो योजना विदेशबाट रेमिट्यान्स पठाउनेको हकमा मात्र लागू हुनेछ। 

रेमिट्यान्स क्षेत्रलाई सरल र छिटो बनाउनको लागी अग्रसर रहकोे इसेवा मनि ट्रान्स्फरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स भित्राउँदै आएको छ।

हालको विशम परिस्थितिमा डिजिटल माध्यमबाट पठाइने रकम नै सुरक्षित, समयको बचत तथा आर्थिक फाइदा मिल्ने हुनाले नेपालको रेमिट्यान्स क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स भित्राउन आफूहरुले काम गरिरहने कम्पनीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad