ad ad

कारोबार


इ–सेवाले पायो आईएसओ २७००१ः२०१३ मान्यताप्राप्त प्रमाणपत्र

इ–सेवाले पायो आईएसओ २७००१ः२०१३ मान्यताप्राप्त प्रमाणपत्र

नेपालखबर
असोज १४, २०७७ बुधबार ७:५३,

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इ–सेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ।

आईएसओ प्रमाणपत्र प्राप्त भएसँगै एक दशकभन्दा लामो समयदेखि मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इ–सेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरीय, सुरक्षित र विश्वस्तरीय छन् भन्ने कुराको पुष्टि गरेको कम्पनीको दाबी छ।

आईएसओबाट प्रमाणित भएसँगै इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले स्थापनाकालदेखि नै सूचना प्रणाली, गोपनीयता र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएको बताए।

‘हामीले टेक्नोलोजीमा आधरित व्यवसाय सञ्चालन गरिरहेकोले अझ बढी संवेदनशील भएर विश्वस्तरिय सुरक्षा मापदण्डहरु अपनाउँदै आएका छाँै’, उनले भने, ‘यसै सिलसिलामा सुचना प्रणाली सम्बन्धी ग्लोबल बेन्चमार्क आइएसओ २७००१ तोकेका मापदण्डहरु पालना गर्दै यो प्रमाणपत्र प्राप्त गर्नु हामी, हाम्रा ग्राहक, एजेन्ट नेटवर्क, बैंक तथा वित्तीय संस्थाहरू, सेवा प्रदायक संस्था लगायत सम्पुर्ण सरोकारवालाको लागी खुशीको कुरा हो। यो आइएसओबाट सर्टिफाइड भएसँगै हाम्रो सेवा सुरक्षित र गुणस्तरिय छ भन्ने कुराको थप पुष्टि भएको छ।’

आईएसओ २७००१ः२०१३ (हालको संस्करण) संसारमा सबैभन्दा विश्वसनीय सूचना सुरक्षा व्यवस्थापन मापदण्ड जाच्ने एउटा महत्वपूर्ण आधारको रूपमा मानिन्छ। कुनै पनि कम्पनीको सूचना सुरक्षा व्यवस्थापनको मजबुतीलाई जाच्ने मूख्य आधार नै आईएसओलाई चिनिन्छ।

यसले सुरक्षा व्यवस्थापन प्रणालीका लागि विभिन्न मानकहरुको बारेमा विश्लेषण गर्दै कम्पनीहरुको सूचना सुरक्षा र गोपनियता व्यवस्थापनमा सूचना सुरक्षा जोखिमबाट माथि उठाउँछ। आइएसकोको यो प्रमाणपत्र प्राप्त गरेसँगै इ–सेवाले सूचना सुरक्षा प्रणाली व्यवस्थापनमा निर्माण गरेको संरचना विश्वस्तरीय रहेको थप पुष्टि भएको कम्पनीको दाबी छ।

नेपालमा डिजिटल भुक्तानीको व्यवस्थाको थालनी गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इ–सेवामा हाल खाता खोल्नेको संख्या ३५ लाखभन्दा बढि रहेको छ। मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इ–सेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने सरकारको अभियानमा ठूलो योगदान दिन सफल भएको छ।

हाल इ–सेवाका देशभर एक लाख भन्दा बढी एजेन्ट (इ–सेवा जोन तथा पोइन्ट) रहेका छन् भने इ–सेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या करिब ३५ लाख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .