ad ad

कारोबार


नेपाली चियाको आयात नियन्त्रण गर्ने प्रयासमा भारत

नेपाली चियाको आयात नियन्त्रण गर्ने प्रयासमा भारत

नेपालखबर
असोज १३, २०७७ मंगलबार ४:१४,

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले नेपाली चिया आयातमा नियन्त्रण गर्ने धेरै प्रयास भइरहेको जनाएको छ।

दार्जीलिङका सांसद राजु विष्टले लेखेको पत्रको जवाफ दिँदै केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले नेपाली चियाको आयात नियन्त्रण गर्न विभिन्न कदम चालेको जानकारी गराएका हुन्।

मन्त्री गोयलले भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणका सबै नियम पूरा गर्ने नेपाली चियालाई मात्रै आयात दिने गरी केन्द्र सरकारले कदम चालेको बताएका छन्।

गोयलले खुला नभई प्याकेड मात्रै नेपाली चिया भारतमा बिक्री गर्न दिने नीति भारत सरकारले लिएको बताएका छन्।

त्यसैगरी नेपालबाट आयात हुने चियाको प्रत्येक ब्याचले मापदण्ड जाँच गराउने व्यवस्था गर्ने र एउटा मात्रै नाकाबाट आयात गर्ने व्यवस्था गर्न प्राधिकरणलाई निर्देशन दिएको मन्त्री चावलाको पत्रमा उल्लेख रहेको भारतीय पत्रिका द टेलिग्राफले जनाएको छ।

अधिकतर नेपाली चिया वीरगन्ज, विराटनगर र काँकडभिट्टा हुँदै निर्यात हुने गरेको थियो। दार्जीलिङका चिया बगानले भारतीय व्यापारीले नेपालबाट सस्तोमा चिया आयात गरेर दार्जीलिङको नाममा बिक्री गरी आफ्नो ब्रान्डलाई कमजोर बनाउन खोजेको आरोप लगाउने गरेका छन्।

दार्जीलिङको चिया व्यापारीको दबाबमा भारतका केन्द्र तथा पश्चिम बंगाल राज्य सरकारले बेलाबेला नेपाली चिया आयातमा अवरोध गर्ने गरिरहेका छन्।

नेपाल सरकारले पछिल्लो समय नेपालको अर्थोडक्स चियाको ‘नेपाल टि ट्रेडमार्क दिन सुरु गरेको छ।

गत साता इलाममा आयोजित कार्यक्रममा कृषिमन्त्री घनश्याम भुसालले नेपाली चिया उद्यमीलाई ट्रेडमार्क प्रदान गर्दै यो अभियान सुरुवात गरेका थिए। नेपालमा चिया उत्पादन हुन थालेको १ सय ५७ वर्ष भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .