ad ad

कारोबार


नेपाल फाईनान्सले चुक्ता पूँजी ८४ करोड २ लाख बनाउने

नेपाल फाईनान्सले चुक्ता पूँजी ८४ करोड २ लाख बनाउने

नेपालखबर
असोज ११, २०७७ आइतबार १०:१७,

नेपाल फाईनान्स लिमिटेडको २० देखि २७ औं वार्षिक साधारण सभा भर्च्युअल माध्यमबाट सम्पन्न भएको छ।

साधारणसभाले संंस्थाको अधिकृत पूँजी १ अर्ब र जारी तथा चुक्ता पूँजी ८४ करोड २ लाख बनाउने निर्णय गरेको छ।

नेपाल राष्ट्र बैंकले ‘ग’ वर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पुर्‍याउन दिएको निर्देशन बमोजिम सो निर्णय गरेको हो। साथै साधारण सभाले यसका लागि आजैका मितिदेखि सो प्रकृयालाई अगाडि बढाउने प्रस्तावलाई समेत पारित गरेको छ।

२०४९ सालमा स्थापना भएको निजी क्षेत्रको पहिलो फाइनान्स कम्पनीले नयाँ शेयरधनीहरु समेतको सक्रियतामा संस्थाको चुक्तापूँजी ८४ करोड दुई लाख ६५ हजार पाँच सय ९४ मात्र) पुर्‍याउन एक बराबर एक दशमलब सात पाँचको अनुपातमा हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव पास गरेको हो।

२०७४ फागुन २९ गते सम्पन्न भएको बिशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पूँजीको वृद्धिको लागि हकप्रद शेयर जारी गर्ने गरी प्रकृया थालिएकोमा सोको धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ जस अन्तर्गत आधारभुत लगानीकर्ता तथा सञ्चालकहरुबाट उक्त हकप्रद शेयर बापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .