ad ad

कारोबार


नबिल बैंकद्वारा ‘नबिल ग्रीन पिन’ सेवा सुभारम्भ

नबिल बैंकद्वारा ‘नबिल ग्रीन पिन’ सेवा सुभारम्भ

नेपालखबर
असोज ८, २०७७ बिहिबार १५:४४,

नबिल बैंकले आफ्ना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटीएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गर्न ‘नबिल ग्रिन पिन’ सेवाको सुरुवात गरेको छ।

बैंकले ग्रिन पिन सेवा मार्फत नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रदान गरेको छ।

यस सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन। अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटीएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ।’

ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकहरुले नजिकैको नबिल बैंकको एटीएममा गई कार्ड मसिनमा राखेर ‘ग्रिन ओपीटी फर पिन’ मेनु छान्नु पर्नेछ। त्यस पश्चात ग्राहकहरुले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ‘ओपिटी’ प्राप्त हुनेछ। त्यस पश्चात ग्राहकहरुले ‘इन्टर ओपिटी टु चेन्ज योर पिन’ मेनु छनौट गरि प्राप्त भएको ‘ओपीटी’ राखेर पिन सेट अथवा रिसेट गर्न सकिनेछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउँदै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको बताएका छन्।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहकहरुलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ।

नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो। यसका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन्। नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ।

देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो। साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टि सहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्ने तर्फ केन्द्रित गरेको जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .