ad ad

कारोबार


मनोहरा तरकारी बजारको एउटै कम्पाउण्डमा प्याजको भाउ प्रतिकिलो ६० रुपैयाँ फरक

मनोहरा तरकारी बजारको एउटै कम्पाउण्डमा प्याजको भाउ प्रतिकिलो ६० रुपैयाँ फरक

नेपालखबर
असोज ८, २०७७ बिहिबार ६:३,

मनोहरा तरकारी बजारभित्र एउटै कम्पाउण्डमा प्याज प्रतिकिलोमा ६० रुपैयाँ मूल्य फरक भेटिएको छ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले आज गरेको अनुगमनका क्रममा सुनापति आलु प्याज सप्लायर्सले प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँमा बिक्री गरेको फेला परेको हो।

त्यही कम्पाउण्डमा रहेको सलेज आलु प्याज भण्डारले प्रतिकिलो ६० रुपैयाँ दाम बताए। यो दाम सुन्नेबित्तिकै उपभोक्ताको भीड लाग्यो। एकैछिनमा भएभरको सबै प्याज सकियो। यो प्याज उनले ४५ रुपैयाँ प्रतिकिलोमा खरिद गरेका थिए तर बेचेका थिएनन्। अरु पसलमा अनुगमन समितिले खरिद बिल मागेको देखेपछि उनले भाउ घटाएर ६० बनाए।

अघिल्लो दिन त्यही प्याज बेच्न उनले प्रतिकिलो १४० रुपैयाँ मूल्य राखेको बताउँदै एक उपभोक्ताले भने, ‘हिजो बेलुका प्याज किन्न आएको, १४० रुपैयाँ प्रतिकिलो भनेकाले फर्केको थिएँ। आज त्यही प्याज ६० मा बेचेको हेर्न पाइयो।’

त्यसकै सामुन्ने रहेको पनौती सैजु आलु प्याज भण्डारमा व्यापार गर्ने महिलाले भनिन्, ‘म रुँग्न मात्र बसेकी दाम थाहा छैन।’ उनले दाम थाहा पाउने बोलाउनु भनिन् तर बोलाइनन्। अर्को जेनिसा आलु प्याज भण्डार होलसेल मूल्य १०५ रुपैयाँमा बताए। युपि आलु प्याज भण्डारका सञ्चालकले खुद्रा मूल्य ११५ रुपैयाँ र बोरा किन्दा १०५ रुपैयाँ प्रतिकिलो दाम सुनाए।

No description available.

अनुगमन समितिले त्यहाँ भएका होलसेल प्याज व्यापारीलाई कागजात लिएर कृषि विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ।

बजारमा प्रतिकिलोका दरले कागती बेच्ने व्यापारीले मनोहरा नदीतर्फको एउटा सटर लिएर होलसेल चलाएका छन्। बजारभरि उनकै कागती बिक्री हुन्छ। तर उनले कसैलाई पनि बिल दिएका छैनन्। उनको सटरमा २ जना महिला कुहिएका र सद्दे कागती छुट््याउँदै थिए। उनीहरुले व्यापारीको नाम बताएनन्। फोन गर्दा व्यापारीले फोन उठाएनन्।

छेवैमा भएका लसुन व्यापारीले आफूहरुलाई होलसेलबाट बिल प्राप्त नहुने बताए। यतिञ्जेलमा एकापट्टिका व्यापारी पसले छोपेर भागिसकेका थिए। अनुगमन टोलीले बजार क्षेत्रमा पानी वितरण गर्न आएको आक्वा व्रदर ब्राण्डका कुच्चिएका जार नष्ट गरेको छ। जारमा पानी भरिएको मिति उल्लेख थिएन। कतिपय जारबाट पानी चुहिएको थियो।

अनुगमन टोलीले के. एल. दुगड ग्रुपको गोदामको निरीक्षण गरेको थियो। महानगरको वडा ३२ मा दुगडको करीब ३ हजार १ सय मेट्रिक टन भण्डारण क्षमताको गोदाम छ। यस गोदाममा चामल, दाल, तेल भण्डारण तथा वितरण हुने गरेको छ। अनुगमन समितिले वडामा दर्ता गर्न, बिक्री वितरणा नहुने सामाग्री राख्न छुट्टै कक्षको स्थापना गर्न, खाद्यान्न भण्डारणलाई कीराबाट बचाउन गरिएको फुमिगेसन रेकर्ड अद्यावधिक गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .