कारोबार


आजदेखि तीन दिनसम्म टेलिकमको अनलिमिटेड अफर

आजदेखि तीन दिनसम्म टेलिकमको अनलिमिटेड अफर

नेपालखबर
असोज २, २०७७ शुक्रबार २:४२,

संविधान दिवसका अवसरमा आज असोज २ देखि ४ गतेसम्मका लागि अनलिमिटेड युट्युब, फेसबुक तथा अन्य विभिन्न प्याक उपलब्ध गराइएकाे नेपाल टेलिकमले जनाएकाे छ।

टेलिकमका अनुसार असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपियाँ प्रतिप्याक खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ।

साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक खरिद गर्ने ग्राहकले एड-अन प्याकका रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध गराइएकाे छ। यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने टेलिकलमे जनाएकाे छ।

टेलिकमा अनुसार हाल समर अफरअन्तर्गत २८ दिन समयावधि हुने १ जीबी दैनिक डाटा प्याक लिन ८ सय ५० रुपैयाँ लिने गरिएकामा संविधान दिवसका अवसरमा यसमा पनि ३४ दशमलव ७ प्रतिशत छुट गरिएको छ। जसअनुसार अब यो प्याक असोज ४ गतेसम्म ५५५ रुपैयाँमै उपलब्ध हुने कम्पनीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad