नेपाल रेलवे कम्पनी लिमिटिडले रेल चलाउन आवश्यक कर्मचारी करारमा भर्ना गर्ने भएको छ।
जनकपुर–जयनगर खण्डमा रेल सेवा सञ्चालनमा ल्याउन यससम्बन्धी १५ दिने सूचना जारी गरेको हो।
कम्पनीले सूचना जारी गर्दै प्रशासन, सब–इन्जिनियरिङ, सहायक स्टेसन म्यानेजर, लेखापाल कम्प्युटर अपरेटर, टिकट बिक्रेता, टिकट कलेक्टर, ट्रयाक निरीक्षक, फोरम्यान, इलेक्ट्रिसियन, अमिन गार्ड, टिटिइ, हेल्पर, पोइन्टस म्यान र पुस ट्रली चालकलगायत विभिन्न पदका लागि १ सय २९ जनाको आवेदन माग गरेको छ।
इच्छुकले १५ दिनभित्र रेलवेको वेबसाइटमा अनलाइन आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। हाल करारमा कर्मचारी लिन लागिएको हो। करार अवधि कम्तीमा ६ महिनाको हुनेछ। नेपाल सरकारको नियमअनुसार पारिश्रमिक तोकिने पनि कम्पनीले जनाएको छ।
3
Shares

प्रतिक्रिया