कारोबार


चिनियाँ कम्पनी युनियन पेले पायो डिजिटल भुक्तानी अनुमति

चिनियाँ कम्पनी युनियन पेले पायो डिजिटल भुक्तानी अनुमति

दीपक भट्ट
साउन ७, २०७६ मंगलबार १२:३८,

चिनियाँ कम्पनी युनियन पे (युनी-पे) नेपाल राष्ट्र बैंकबाट डिजिटल भुक्तानी सेवा सञ्चालनको अनुमति पाउने पहिलो अन्तरार्ष्ट्रिय कम्पनी बनेको छ। युनी-पेले केही दिनअघि मात्र केन्द्रीय बैंकबाट भुक्तानी कारोबार गर्ने अनुमति पाएको हो।

पेमेन्ट तथा सेटलमेन्ट कानुनअनुसार उसले अनुमति पाएको केन्द्रीय बैंकले जनाएको छ।

अवैध रुपमा मोबाइल पेमेन्ट एपहरुमार्फत नेपालमा कारोबार भइरहेको देखिएपछि २०७६ जेठ पहिलो साता राष्ट्र बैंकले विदेशी मोबाइल पेमेन्ट एपहरुलाई कारोबार गर्न प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्धपछि नेपाल राष्ट्र बैंकमा आवेदन गरेको चिनियाँ कम्पनी युनियन पेले गत हप्ता अनुमतिको लागि लाइसेन्स पाएको हो।

union payनेपालमा कारोबार गर्न युनियन पेलाई राष्ट्र बैंकले प्रदान गरेको अनुमित पत्र

नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले युनियनले गत हप्ता अनुमति प्राप्त गरेको नेपालखबरलाई जानकारी दिए।

'अब उनीहरुले नेपालमा भुक्तानी सेवा प्रदान गर्न सक्छन्। त्यसबापत नेपालमा कर पनि तिर्छन्। उनीहरूको यहाँको कारोबार राष्ट्र बैंक निगरानीमै हुन्छ', उनले भने।

विदेशी कम्पनीले नेपालमा सिधै आएर कारोबार गर्न पाउँदैनन्। नेपालमा छुट्टै कम्पनी दर्ता गरी त्यसमार्फत कारोबार गर्नुपर्ने हुन्छ। यसरी खडा भएको कम्पनीले ‘डिजिटल मनी’ कारोबारका लागि राष्ट्र बैंकबाट छुट्टै अनुमति लिनुपर्छ। युनी-पेले यी सबै प्रक्रिया पूरा गरी अनुमतिका लागि निवेदन दिएको थियो।

सम्बन्धित खबर: तीन चिनियाँ मोबाइल पेमेन्ट कम्पनी दर्ता हुन नेपाल आए

नेपाल राष्ट्र बैंककी विदेशी विनिमय विभाग प्रमुख सरिता भट्टका अनुसार अन्य चिनियाँ कम्पनी विच्याट र अलि पेले पनि अनुमति प्रक्रियामा छन्। युनी-पेले भने नेपालमा आफ्नो कारोबार गर्न सबै प्रक्रिया छिटोसँग अघि बढाएकाले उसले अनुमति पाएको हो। युनी-पेले नेपालमा कारोबार गर्नेबारे सार्वजनिक सूचना नै जारी गरिसकेको छ।

उसले सूचना जारी गर्दै नेपालमा बजार प्रवर्द्धनको काम अघि बढाएको जनाएको छ। सन् २०१९ अर्थात् यो वर्ष उसले नेपालमा सबै क्षेत्रमा कारोबार पुर्याउने अपेक्षा गरेको छ। हाल युनिपेको क्युआर कोड २० हजारभन्दा धेरै कारोबारस्थलमा स्वीकार्य रहेको कम्पनीको दाबी छ।

केएफसी, पिज्जाहट, नर्थफेसजस्ता अन्तर्राष्ट्रिय ब्रान्डदेखि इसेवा, क्युएफएस, नबिल बैंकले समेत उसको कोडबाट कारोबार हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad