कारोबार


उद्योग वाणिज्य महासंघको निर्वाचन कहिले गर्ने? पदाधिकारीबीच सुरु भयाे छलफल

उद्योग वाणिज्य महासंघको निर्वाचन कहिले गर्ने? पदाधिकारीबीच सुरु भयाे छलफल

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार १५:३०,

नेपाल उद्योग वाणिज्य महासंघको रोकिएको निर्वाचन कहिले गर्ने भन्ने विषयमा पदाधिकारीहरुबीच छलफल सुरु भएको छ।

निर्वाचन दशैँ अघि गर्ने वा पछि गर्ने भन्ने विषयमा केन्द्रित रहेर पदाधिकारीहरुबीच छलफल सुरु भएको हो।

पटक पटक निर्वाचन र महाधिवेशन सरकोमा अब बस्ने पदाधिकारी बैठकले माडालिटिको निधो गर्ने र कार्यसमितिले निर्वाचन मिति नै तोक्ने भएपछि दशैँ अघि र पछिको विषयमा आपसी छलफल सुरु भएको जनाइएको छ।

महासंघको निर्वाचन र साधारण सभा चैत २८ र २९ गते हुनपर्ने थियो। कोरोना संक्रमणको कारणले रोकिएपछि निर्वाचन जेठ ७ गतेलाई सारिएको थियो। तर कोरोना संक्रमण झन् बढ्दै गएपछि अन्योलमा परेको थियो।

महासंघको पदाधाकिारी बैठकले साउन २६ र २७ गतेलाई पुनः मिति तोकेको थियो। तर कोरोना संक्रमणको दर पुनः बढ्दै गएको थियो। त्यसपछि महासंघको कार्यसमिति बैठकले फरक ढंगले निर्वाचन र साधारण सभा गर्नुपर्ने निश्कर्ष निकाल्यो। महासंघले निर्वाचनको मोडालिटि सुझाव सहितको प्रतिवेदन निकाल्न एक कार्यदल नै गठन गरेको हो।

उक्त कार्यदलले तयार गरेको प्रतिवेदन महासंघकी अध्यक्ष भवानी राणालाई बुझाइसकेको छ। प्रतिवेदनले प्रविधिको प्रयोग गरी भर्चुअल तथा प्रदेश प्रदेशमा निर्वाचन गर्न सक्ने सुझाव दिइसकको छ।
अध्यक्ष भवानी राणाले पनि सोमबार सकेसम्म पदाधिकारीको बैठक बोलाउने तयारी भैरहेको बताएकी छन्।

‘पदाधिकरी बैठकले साधारण सभा र निर्वाचनको मोडालिटि तयार गर्ने र सो मोडालिटिलाई कार्यसमिति बैठकमा राखेर निर्वाचनको मिती तोकिने छ।’ उनले भनिन् ‘निर्वाचन मोडालिटी भोला भएर नै गर्ने तयारी हुँदाको खण्डमा भने सरकारको अनुमति पनि लिएर मिति तय हुने छ।’

सरकारले दिने अनुमतिले पनि महासंघको निर्वाचन तत्कालन हुने वा नहुनेमा निर्भर गर्ने उनले बताइन्।

महासंघका वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका तथा एउटा प्यानलको नेतृत्व गरेरिरहेका किशोर कुमार प्रधान भन्छन्, ‘मिति तोक्ने विषयमा अब छलफल सुरु हुने छ।’

‘साधारण सभाको खण्डमा जहिले पनि गर्न सकिने भयौँ, त्यसको लागि प्रदिवेदनले दिएको सुझाव पनि त्यहि किसिमको नै छ। भर्चुअल गर्दा राम्रो हुनपर्ने भनिएको छ’ उनले भने ‘तर निर्वाचनको हकमा भने एकै स्थानमा भेला हुनुपर्ने भनिएपछि कहिँ न कहिँ त भेला हुनपर्ने भयो। धेरै स्थानमा निर्वाचन गर्दा संख्या कम तर भेला त भैहाल्छ नी त्यसको लागि कोरोना अहिलेको भन्दा साम्य हुनपर्ने देखिन्छ।’

दशैँअघि केही साम्य भयो भने दशैँ अघि र भएन भने पछि गर्नुपर्ने व्यक्तिगत विचार रहेको उनले बताए।

कार्यदलले दिएको सुझावमा भने प्रतिवेदनमा वार्षिक साधारण सभाको उद्घाटन, बन्दशत्र र समापन कार्यक्रम भर्चुअल जुम मार्फत गर्न सकिने बताइएको छ। निर्वाचनको हकमा स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशनहरू पालना गरी तीन वटा विकल्प सहित निर्वाचनको प्रक्रिया अपनाउन सकिने बताएको छ।

पहिलो विकल्पको लागि जिल्ला र नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएटको प्रत्यक्ष काठमाडौंमा नै गर्न सकिने उल्लेख छ। दोस्रो विकल्पमा जिल्ला र नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र बस्तुगत, एसोसिएटको काठमाडौंमा गर्न सकिने उल्लेख छ।

तेस्रो विकल्पमा कम्प्युटराइजर ई–भोटिङ मार्फत सम्पन्न गर्न सकिने तीनवटा मोडलहरू सुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad