कारोबार


सिप्रदीयन सहायता संस्थाद्वारा बाढी पीडितलाई राहत वितरण

सिप्रदीयन सहायता संस्थाद्वारा बाढी पीडितलाई राहत वितरण

नेपालखबर
साउन ७, २०७६ मंगलबार १०:२२,

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले सप्तरीका बाढी पीडितहरुलाई राहत सामाग्री हस्तान्तरण गरेको छ।

संस्थाले सप्तकोशी नगरपालिका, फत्तेपुरस्थित बाढी प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको हो।

सिप्रदीयन सहायता संस्थाको १० जनाको स्वयंसेवक टोलीले सप्तकोशी नगरपालिका वडा नं ६ का २६० घरधनीलाई प्रति घर २५ केजी चामल, १.५ केजी दाल, १ केजी नुन र १ लिटर खाना पकाउने तेल लगायतका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ। साथै उक्त नगरपालिका वडा नं ७ का ५० घरधनीलाई सोही बमोजिमको राहत सामाग्रीहरु वितरण गरेको छ। उक्त राहत सामाग्रीहरु स्थानीय निकायका जनप्रतिनिधिहरु, राजनीतिक व्यक्तित्वहरु साथै सिप्रदीसँग आबद्ध व्यवसायीहरुको उपस्थितिमा वितरण गरिएको हो।

यस वर्षको मनसुनी वर्षाको कारणले सप्तकोशी नगरपालिका स्थित त्रियुगा नदी आसपास बसोवास गरिरहेका परिवारहरु धेरै नै प्रभावित भएका छन्। गत जुलाई ११, २०१९ देखि सुरु भएको झरीका कारणले विशेषगरी दक्षिणपूर्वी जिल्लाहरु र त्यहाँका महानगरपालिका तथा नगरपालिका लगायतका बस्तीहरु प्रभावित भएका छन्। साथै देशैभरी बाढी पहिरो तथा प्राकृतिक प्रकोपको जोखिम बढिरहेको छ।
मनसुनका कारण देशैभरीका ३१ भन्दा धेरै जिल्लाहरु प्रभावित भएका छन्। जसका कारण ११,८३९ भन्दा धेरै घर बार बिहिन भएका छन भने ९० भन्दा धेरैले ज्यान गुमाएको पुष्टि भईसकेको छ।

सिप्रदी सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो।

यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ। यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो। यस संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ।

साथै संस्थाले वृद्ध नागरिकहरु, नाबालक टुहुराहरु तथा भिन्न क्षमता भएका व्यक्तिहरुलाई हरतरहबाट सेवा पु-याउने निष्ठा राखेको छ। यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैविक प्रकोपबाट पीडित जनताको आपत्कालिन उद्धार, सहयोग तथा पूनव्र्यस्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad