कारोबार


निर्वाचन मोडालिटिबारे छलफल गर्न उद्योग वाणिज्य महासंघ पदाधिकारी बैठक सोमबार

निर्वाचन मोडालिटिबारे छलफल गर्न उद्योग वाणिज्य महासंघ पदाधिकारी बैठक सोमबार

नेपालखबर
भदौ २५, २०७७ बिहिबार १४:५५,

नेपाल उद्योग वाणिज्य महासंघको रोकिएको निर्वाचन र साधारण सभा दशैंँ अघि नै गर्न सकिने गरी प्रतिवेदन तयार भैसकको छ। कोरोना संक्रमणको समयमा पनि भर्चुअल विधि अपनाएर पनि निर्वाचन गर्न सकिने गरी महासंघले गठन गरेको कार्यदलले प्रतिवेदन दिइसकेको छ।

यो प्रतिवेदनलाई आधार मानेर आगामी सोमबार महासंघको पदाधिकारी बैठक राख्ने तयारी भएको हो।

यहि भदौ २२ गते कार्यदलले बुझाएको प्रतिवदेन र प्रतिवेदनले औँल्याएको मोडालिटमा रहेर पदाधिकारी बैठक तयारी भैरहेको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्।

‘कार्यदलले प्रतिवेदन बुझाइसकेको हुँदा त्यसमा छलफल गर्न बैठक छिटो भन्दा छिटो राख्ने कुरामा सबै सहमत नै छौं’ अध्यक्ष राणाले भनिन् ‘केही पदाधिकारीहरु उपत्यका बाहिर पनि छन्। उहाँहरु आएपछि बैठक राख्ने कुरा भैरहेको छ। आगामी सोमबार बैठक राख्ने तयारी भैरहेको छ।’

कोरोना संक्रमणपछि महासंघको पदाधिकारीको भर्चुअल बैठक पनि भैरहेको छ। तर यो बैठक भने भेला भएर नै गर्नुपर्ने धेरै पदाधिकारीले बताएका छन्। पदाधिकारीको संख्या धेरै पनि नहुने भएकोले कोरोना सुरक्षाको मापदण्ड पालाना गरेर बैठक गर्नुपर्ने पदाधिकारीहरुको भनाई छ। सोही अनुसार भेला भएर नै बैठक गर्ने अध्यक्ष राणाले बताइन्।

उनले भनिन्, ‘अब पदाधिकारीले एउटा किसिमको मोडालिटिलाई अघि सार्ने छ र त्यो मोडालिटिलाई कार्यसमितिमा लगेर छलफल हुन्छ। त्यसपछि निर्वाचन र साधारणसभा कहिले हुने भनेर मिति तय हुन्छ।’

कार्यदलले दिएको साधारणसभा र निर्वाचनको मोडालिटि कस्तो छ?
प्रतिवेदनमा वार्षिक साधारण सभाको उद्घाटन, बन्दशत्र र समापन कार्यक्रम भर्चुअल जुम मार्फत गर्न सकिने बताइएको छ। निर्वाचनको हकमा स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशनहरू पालना गरी तीन वटा विकल्प सहित निर्वाचनको प्रक्रिया अपनाउन सकिने बताएको छ।

पहिलो विकल्पको लागि जिल्ला र नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएटको प्रत्यक्ष काठमाडौंमा नै गर्न सकिने उल्लेख छ। दोस्रो विकल्पमा जिल्ला र नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र बस्तुगत, एसोसिएटको काठमाडौंमा गर्न सकिने उल्लेख छ।

तेस्रो विकल्पमा कम्प्युटराइजर ई–भोटिङ मार्फत सम्पन्न गर्न सकिने तीनवटा मोडलहरू सुझाइएको छ। उद्योग वाणिज्य महासंघले गठन गरेको कार्यदलमा अरूणराज सुमार्गी, डीबी बस्नेत, बिनोद ढकाल, सुनिल गोपाल श्रेष्ठ, भरतराज आचार्य र रंजितराज आचार्य रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad