त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवैगरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन्।
नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु ल्याएको छ। हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु ल्याएको छ। मालिन्डो एयरले क्वालालम्पुरबाट १७३ नेपाली काठमाडौँ ल्याएको छ। यस्तै श्रीएयरलाइन्सले बैंककबाट एक शव नेपाल ल्याएको विमानस्थल कार्यालयले जनाएको छ।
सोमबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका चार अन्तर्राष्ट्रिय उद्धार उडान हुने विमानस्थलको तालिका छ। नेपाल एयरलाइन्सले दुबई र दोहा तथा हिमालय एयरलाइन्सले अबुधाबी र दोहामा चार्टर्ड उडान गर्नेछन्। रासस
प्रतिक्रिया