ad ad

कारोबार


क्लासिक टेकको इन्टरनेट सेवाको रिचार्जमा बोनस अफर, अनलाइन भुक्तानीको सुविधा

क्लासिक टेकको इन्टरनेट सेवाको रिचार्जमा बोनस अफर, अनलाइन भुक्तानीको सुविधा

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ९:४३,

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले रिचार्जमा बोनस योजना ल्याएको छ।

कम्पनीले आफ्ना सेवाग्राहीहरुलाई ६ महिना र १ वर्षको वार्षिक शुल्क रकम पुन भुक्तानी गरेको खण्डमा छुट दिनेगरि रिचार्जमा बोनस योजना ल्याएको हो।

कम्पनीले कम्पनीले अन्य इन्टरनेट सेवा प्रदायकहरुको तुलनामा सस्तो रिचार्ज रेट तोकेको छ भने आफ्ना सेवाग्राहीहरुलाई ६ महिनाको शुल्क रिचार्ज गर्दा १ महिना थप इन्टरनेट सेवा निशुल्क उपलब्ध गराउने छ भने सेवाग्राहीले १ वर्षको ग्राहक शुल्क रिचार्ज गरेको खण्डमा २ महिनाको थप सेवा बोनसमा प्राप्त गर्नेछन्।

कम्पनीले वार्षिक ग्राहक योजनाअन्तरगत २० एमबिपिएसको लागि १२ हजार रुपैयाँ, २५ एमबिपिएसको लागि १३ हजार २०० रुपैयाँ, ३० एमबिपिएसको लागि १३ हजार २०० रुपैयाँ, ३५ एमबिपिएसको लागि १४ हजार १४८ रुपैयाँ, ४० एमबिपिएसको लागि १४ हजार ४०० रुपैयाँ, ५० एमबिपिएसको लागि १५ हजार रुपैयाँ, ६० एमबिपिएसको लागि १६ हजार ८०० रुपैयाँ र ७० एमबिपिएसको लागि १८ हजार रुपैयाँ सेवा शुल्क तोकेको छ । यी मध्ये कुनैपनि सेवा १२ महिनासम्म लिएको खण्डमा २ महिनाको छुट ग्राहकहरुले प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।

अफर अन्तरगत क्लासिकको इन्टरनेटसहित क्लासिकप्रभु टिभीसमेत २ महिना अफरमा प्राप्त गर्न सकिनेछ। ग्राहकहरुलाई आफ्ना कुनैपनि योजनाहरुमा एबिपिएस प्याकेज थप गर्ने वा घटाउन सकिने सुबिधा कम्पनीले दिएको छ।

क्लासिक टेकका सेवाग्राहीहरुले कम्पनीको मोबाइल एपमार्फत सबै सेवाहरुको जानकारी प्राप्त गर्नसक्नेछन भने सेवाको बारेमा गुनासो टिपाउन तथा अनलाइनबाट नै शुल्क तिर्न सकिने सुबिधा उपलब्ध रहेको छ। अनलाइन भुक्तानीका लागि क्लासिक टेकले प्रभु पे, इसेवा, आइएमई पे, खल्ती, फोन पे, आईपीएस कनेक्ट, बैंकका कार्डहरु तथा अन्य डिजिटल माध्यमबाट तिर्न सकिने सुबिधा कम्पनीले दिएको छ ।

ग्राहकहरुले मोबाइल एपमार्फत नै आफ्नो विस्तृत विवरणहरु राखेर सेवा सकिने अवधि तोक्न सक्नेछन भने सोहि एपमार्फत सेवाको लागि विभिन्न सहयोग तथा मर्मत सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .