ad ad

कारोबार


नेपालका दुवै रेल सेवाका लागि तयार, महानिर्देशक मिश्र भन्छन्– बोर्डरनजिकै आइसके

नेपालका दुवै रेल सेवाका लागि तयार, महानिर्देशक मिश्र भन्छन्– बोर्डरनजिकै आइसके

नेपालखबर
भदौ ८, २०७७ सोमबार ८:५१,

नेपालले किनेको दुवै रेल सेवा सञ्चालनका लागि तयार भएको छ। रेल विभागका अनुसार दुवै रेल नेपाली सीमाभन्दा २/४ घण्टा पर हाजिपुरमा पार्किङमा राखिएको छ।

भारतको कोंकण रेल्वे कर्पोरेसनले नेपाली रेल तयार गरेको हो।

विभागका महानिर्देशक बलराम मिश्रले नेपालखबरसँग भने, ‘बोर्डरनजिकै आइसकेको छ, अहिले भारतको हाजिपुरमा पार्किङमा राखिएको छ, सम्भवतः यही महिना नेपाल ल्याउने कोशिसमा छौँ।’

उक्त रेलले १२ सय बढी यात्रुलाई सेवा दिने मिश्रले बताए।

दुवै रेलको मूल्य करबाहेक ८६ करोड रुपैयाँ रहेको उनले जानकारी दिए।

नेपालको कुर्थासम्म रेल चल्ने लिक समेत बनिसकेको छ। मिश्रले भने, ‘जयनगर–कुर्था ३५ किमि दूरीमा असारमै रेल चल्थ्यो तर कोरोना महामारीले सम्भव भएन।’

यसैबीच उनले कर्मचारीको व्यवस्थापन भइरहेकोले चाँडै रेल सञ्चालन गरिने जानकारी दिए। उनले भने, ‘विज्ञ कर्मचारी केही दिनका लागि भारतबाट ल्याउँछौँ र सबै व्यवस्थापन मिलाएर अबको २÷३ महिनामा रेल सञ्चालन गर्छौँ।’

नेपाली रेल जयनगर-जनकपुर लाइनमा (भिडियाे) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .