कारोबार


कोरोना नियन्त्रणका लागि अहिलेसम्म १२ अर्ब खर्च

कोरोना नियन्त्रणका लागि अहिलेसम्म १२ अर्ब खर्च

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार १४:७,

सरकारले कोरोना नियन्त्रणका लागि अहिलेसम्म करीब १२ अर्ब रुपैयाँ खर्च भएको जनाएको छ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार/अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेसम्म ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ खर्च भएको जानकारी दिए।

साउन अन्तिमसम्म उक्त रकम खर्च गरेको सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिए।

यसमा संघीय सरकारको तर्फबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ।

त्यसरी खर्च गर्नेमा स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले २ खर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयले ६ लाख, पर्यटन मन्त्रालयल ४ करोड ४९ लाख, सहरी विकास मन्त्रालयले १ करोड २९ लाख, कोभिड कोषको अन्य खर्च अन्तर्गत (जुन पैसा स्थानीय तह र प्रदेशलाई समेत दिइएको छ।) १ अर्ब ३ करोड रुपैयाँ रहेको खतिवडाले जानकारी दिए।

यस्तो छ, खर्चको विवरण

kharcha.png

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad