अर्थ मन्त्रालयले नेपाली सेनाले ल्याउने सयवटा ट्रकलाई भन्सार तथा अन्त:शुल्क छुट दिने निर्णय गरेको छ।
२.५ टन क्षमताका ट्रक नेपाली सेनालाई भारतीय सहयोगस्वरुप प्राप्त हुनलागेको हो।
२०७५ मंसिरमा काठमाडौंमा सम्पन्न भएको १३औँ ‘नेपाल इन्डिया बाइलेटरल कन्सुलेटिभ ग्रुप अफ सेक्युरिटी इस्यु’ बैठकमा भारतीय पक्षबाट सय थान ट्रक दिने सहमति भएको थियो।
२३ करोड ६२ लाख ५० हजार भारतीय मूल्यका ट्रक पैठारीमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण महसुल छुट दिने निर्णय गरेको हो ।
3
Shares
प्रतिक्रिया