काठमाडौँ उपत्यकमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा २०५ जना संक्रमित थपिएको बताए।
प्रवक्ता गौतमका अनुसार काठमाडौँमा १३८, भक्तपुरमा ५० र ललितपुरमा १७ संक्रमित थपिएका हुन्।
प्रतिक्रिया