सुन्दर यातायातमा स्मार्टकार्डमार्फत भाडा तिर्न सकिने भएको छ।
नेपालमा पहिलोपटक विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले सोमबारदेखि विद्युतीय माध्यमबाट रकम भुक्तानीे गर्न मिल्ने स्मार्टकार्ड सञ्चालनमा ल्याएको हो।
कम्पनीले आइतबार आइपेड प्राइभेट लिमिटेडसँगको सहकार्यमा सार्वजनिक यातायातसहित अरु सबै सानाठूला सवारीसाधनमा इ–पेमेन्ट गर्न सकिने स्मार्टकार्ड प्रयोगमा ल्याएको जनाएको छ।
दुई सयको कार्डले २५० को यात्रा गर्न सकिने प्रालिले जनाएको छ। सो सेवा देशव्यापी बनाइने लक्ष्य रहेको प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

प्रतिक्रिया