उच्च अदालत पाटनले लगानी बोर्डमा सीईओ नियुक्त सुशील भट्टलाई काम गर्न बाटो खुला भएको छ।
उनको योग्यता नपुगेको भन्दै उनको नियुक्ति बदर माग गरी परेको रिटमा गतसाता सोहि अदालतले जारी भएको अल्पकालिन अन्तरिम आदेश खारेज गरेको छ।
उच्च अदालतका न्यायाधीशद्वय ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौड्यालको आइतबार बसेको संयुक्त इजलाशले सो आदेश दिएको सो अदालतका सूचना अधिकृत ध्रुव सुवेदीले बताएर
भट्टसँग लगानी बोर्डको सीईओ हुन आवश्यक पर्ने योग्यता नभएको दावी गर्दै परेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै २७ साउनमा उच्च अदालतले तत्काल कामकाज गर्न रोक लगाएको थियो।
अदालतले सो मुद्दालाई अग्राधिकार दिने समेत जनाएको छ।
‘प्रस्तुत निवेदनको प्रकृति र विषयवस्तुको गाम्भिर्यताका आधारमा छिटो निरोपण हुन उपयुक्त देखिएकोले प्रस्तुत मुद्दामा विपक्षीहरुबाट लिखित जवाफ परेपछि अग्राधिकार दिई नियमानुसार पेश गर्नुहोला,’ अदालतले आइतबारको आदेशमा भनेको छ।
साउन २६ गते अदालतमा साे रिट परेको थियो।
याे पनि: लगानी बोर्डमा सीईओ नियुक्ति : अदालतले भन्यो तत्काल काम नगराउनू
लगानी बोर्ड सीईओमा सुशील भट्टकाे नियुक्तिविरुद्ध दायर भयो रिट

प्रतिक्रिया