कारोबार


कर्मचारीलाई कोरोना संक्रमण भएपछि भैरहवा हवाई इन्धन डिपो सिल

कर्मचारीलाई कोरोना संक्रमण भएपछि भैरहवा हवाई इन्धन डिपो सिल

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार १०:३,

नेपाल आयल निगम भैरहवा हवाई इन्धन डिपोका चार कर्मचारीलाई कोरोना संक्रमण भएपछि डिपो सिल भएको छ। १५ दिनकालागि डिपो सिल गरिएको नेपाल आयल निगमले जानकारी गराएको छ।

लक्षण देखिएपछि निगमले गराएको परीक्षणमा चार कर्मचारीमा संक्रमण पुष्टि भएको हो। ज्वरो आउने, खोकी लाग्ने लक्षणसहित कर्मचारी बिरामी भएपछि उनीहरुको स्वाव संकलन गरेर परीक्षण गराइएको थियो।

केहिबेर अघि जनस्वास्थ्य कार्यालयबाट आएको रिपोर्टमा उनीहरुमा कोरोना भएको पुष्टि भएको निगमका एक अधिकारीले बताए। एउटै कार्यालयमा काम गर्ने थप पाँच कर्मचारीलाई पनि आसोलेसन राखिएको र संक्रमितलाई अस्पताल लैजानेबारे छलफल भइरहेको निगमले जनाकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad