कारोबार


अमेरिकामा न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर पुर्‍याउन प्रस्ताव

अमेरिकामा न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर पुर्‍याउन प्रस्ताव

सिन्ह्वा
साउन ३, २०७६ शुक्रबार ११:४,

डेमोक्र्याटिक पार्टीको वर्चश्व रहेको अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ ।

तर रिपब्लिकन पार्टीको वर्चश्व रहेको माथिल्लो सदन सिनेटले भने उक्त विधेयक पारित नगर्ने सम्भावना छ। तल्लो सदनबाट पारित विधेयक माथिल्लो सदनबाट पनि पारित भएपछि राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

हाउसमा भएको मतदानमा ज्याला वृद्धिसम्बन्धी विधेयक २३१–१९९ मतले पारित भएको थियो। विधेयकको पक्षमा डेमोक्र्याट सांसदले मतदान गरेका थिए भने रिपब्लिकनले विपक्षमा मतदान गरेका थिए। यो विधेयक स्वीकृत भई लागू भएमा न्यूनतम ज्याला दोब्बर हुनेछ। हाल अमेरिकामा न्यूनतम ज्याला प्रतिघण्टा ७.२५ डलर छ। अमेरिकामा न्यूनतम ज्याला सन् २००९ यता परिवर्तन भएको छैन।

अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याकोनेलले तल्लो सदनबाट पारित भएको विधेयक अस्वीकार्य छ भन्दै त्यसलाई सिनेटमा छलफल समेत नगरिने जानकारी दिए। ‘अनुसन्धानहरुले न्यूनतम ज्यालालाई १५ डलर पु¥याउँदा रोजगारी गुम्ने र सुधारोन्मुख अमेरिकी अर्थतन्त्रमा ठूलो क्षति पुग्ने देखाएका छन्’, मिचेलले ट्वीट गर्दै भनेका छन्, ‘हामी यो विधेयकलाई सिनेटमा छलफल गर्ने स्थितिमा पनि छैनौं।’

बजेटसम्बन्धी कङ्ग्रेस बजेट कार्यालयले यसै महिनाको सुरुमा प्रकाशन गरेको एक प्रतिवेदनमा सन् २०२५ सम्ममा न्यूनतम ज्याला १५ डलर पु¥याइए यसबाट एक करोड ७० लाख कामदारले थप भुक्तानी पाउने तर १३ लाख रोजगारी गुम्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad