ad ad

कारोबार


अनलाइन लर्निङ फेस्टिभल सकियो

अनलाइन लर्निङ फेस्टिभल सकियो

नेपालखबर
साउन २०, २०७७ मंगलबार ७:५२,

ग्लोकल आफ्टर स्कुलले काठमाडौं वर्ल्ड स्कुलको सहकार्यमो आयोजना गरेको अनलाइन लर्निङ फेस्टिभल सम्पन्न भएको छ।

नेपालका एसईई विद्यार्थीहरूको लागि लक्षित गरी स्कुलले एक हप्ता लामो अनलाइन एवम रोमान्चक उत्सव गरेको हो।

कार्यक्रमको उद्देश्य सबै एसईई विद्यार्थीहरूलाई एक छाताअन्तर्गत एकीकृत गरी उनीहरूमा उत्साह, रचनात्मकता र ऊर्जाको उत्थानको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु रहेको थियो।

स्कुलका अनुसार यो एक किशोरकिशोरीहरुका लागि सिकाइको मञ्च थियोे र यसमा उनीहरुले निःशुल्क भाग लिन पाएका थिए। अन्लाईन लर्निङ फेस्टिवलले किशोरकिशोरीहरुका लागि सीपका बारेमा अन्वेषण गर्न, आफू संलग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पु¥याएको आयोजकको दाबी छ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सीपमा आधारित कार्यशाला, प्रतियोगिता, क्यारियर मार्गदर्शन सत्र, इन्स्पिरेसनल फिल्म स्क्रिनिङ डिस्कसनजस्ता विभिन्न गतिविधिहरुमा निःशुल्क भाग लिन पाएका थिए। एसईई दिएका विद्यार्थीहरुले आफूलाई मनपरेको विधामा संलग्न भई नयाँ सीप सिक्न मद्दत गरेको थियो।

जुलाई २९ गते सुरु भएको कार्यक्रममा अवलोकन, आलोचनात्मक र विश्लेषणात्मक सीप विकास गर्न विद्यार्थी सफल भएको आयोजकले जनाएको छ।

कार्यक्रमका मुख्य आकर्षण लेखन तथा चित्रकला प्रतियोगिता थिए। किशोरअवस्थामा सीप विकासको महत्व झल्काएर आफ्नो लेखन कला प्रस्तुत गरेका थिए। यसमा “शुभम यादव” प्रथम, “बियुश गिरी” दोस्रो एवम “बबिता काफ्ले” तेस्रो बिजेता बन्न सफल भएका थिए।

यसैगरी चित्रकला प्रतियोगितामा उनीहरुले आफ्नो स्कुल जीवनका सम्झनाहरु कोरेर भाग लिएका थिए । प्रतियोगिताको विजेतामा प्रथम “मोहित भट्टराइर्”, द्रितिय “सुदिप्ती श्रेष्ठ” एवम त्रितिय स्थानमा “पेमा गुरुङ” विजेता बन्न सफल भएका थिए।

दुवै प्रतिस्पर्धाका विजेताहरूले पुरस्कारस्वरुप प्रथम हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रो विजेताले २ हजार रुपैयाँ नगद जितेका छन्। साथै उच्च अध्ययनका निमित्त ७५ प्रतिशतसम्मको छात्रवृत्ति पनि जित्न सफल भएको स्कुलले जनाएको छ। कार्यक्रममा २ सयभन्दा बढी विद्यार्थी सहभागी भएको स्कुलले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .