ad ad

कारोबार


लगानी बोर्डको सीईओ छनौट प्रक्रिया : प्रमुख दाबेदार मानिएका ज्ञवाली अन्तर्वार्तामा अनुपस्थित

लगानी बोर्डको सीईओ छनौट प्रक्रिया : प्रमुख दाबेदार मानिएका ज्ञवाली अन्तर्वार्तामा अनुपस्थित

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १२:४५,

लगानी बोर्डका सीईओमा प्रमुख दावेदारको रुपमा देखिएका सुशील ज्ञवाली छनौट प्रक्रियाबाट बाहिरिएका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ रहेका ज्ञावाली छनौटका लागि शुक्रबार लिइएको अन्तरवार्तामा अनुपस्थित भएका हुन्।

आवेदन दिनेमध्ये ६ जनाको नाम सर्टलिस्ट गरेर शुक्रबार कार्ययोजनासहित अन्तर्वार्ताको लागि बोलाइएको थियो। जसमा चण्डिका भट्ट, रामकृष्ण खतिवडा, डा सरोज कोइराला, दीपकराज जोशी, सुशील भट्ट र सुशील ज्ञवाली रहेका थिए।

अन्तर्वार्तामा ज्ञवालीबाहेक अरु सबै भने उपस्थित रहेको लगानी बोर्ड स्रोतले जानाकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .