साउन ५ गतेयता सुनको मूल्य प्रत्येक दिन बढ्दै गएको छ। आज शुक्रबार एकैदिन सुन प्रतितोला १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन ९५ हजार ८ सय र तेजाबी सुन ९५ हजार ३ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। चाँदी आज प्रतितोला ५ रुपैयाँले मात्र बढेको छ।
महासंघका अनुसार ५ गते छापावाल सुन ९२ हजार ३ सय र तेजाबी सुन ९१ हजार ८ सय ६५ रुपैयाँ प्रतितोला कारोबार भएको थियो। त्यस्तै ६ गते ४ सयले बढेको थियो। ७ गते १३ सय रुपैयाँले र ८ गते ५ सय रुपैयाँले बढेको थियो। आज बढेको मूल्य हालसम्मकै उच्च हो।
प्रतिक्रिया