प्रदेश २ प्रहरीले लाखौँ मूल्यको अवैध मदिरा बरामद गरेको छ।
धनुषाको कमला नगरपालिका ४ सघाराचोकमा इलाका प्रहरी कार्यालय खजुरीको गस्ती टोलीले २० लाख ८७ हजार ५ सय मूल्य बराबरको मदिरासहित ट्रक नियन्त्रणमा लिएको हो।
उक्त मदिरा भारततर्फ लैजाँदै गर्दा ज१त७८६९, ज१त९१०३, ज२त ९३२ र ज१त४१६१ नम्बरका ट्राक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
चारवटा ट्राक्टरमा गौरव सोफी नामका मदिराका १ हजार कार्टुन फेला परेको छ। मदिरा र ट्राक्टरलाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ।
3
Shares

प्रतिक्रिया