नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा यही साउन २६ र २७ गते हुँदैछ। साधारण सभाले महासंघलाई नयाँ नेतृत्वसमेत चयन गर्दैछ।
नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पदमा हालका जिल्लानगर तर्फका उपाध्यक्ष किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन्।
नयाँ नेतृत्वबारे यस्ताे छ उपाध्यक्ष प्रधानकाे विचार:
‘देशका सबै साना, मझौला र ठूला उद्योगी व्यवसायीको व्यापार प्रवर्द्धन देखि उत्पादन र निर्यात सहज बनाउने काम गर्ने नेतृत्व महासंघमा आउनुपर्छ। त्यसका लागि हाम्रो टिम सक्षम रहेको छ।
हामीले बजेटमा चित्त नबुझेपछि मौद्रिक नीतिको आशा गरेर विरोध पनि गरेका थियौं। अब देशको आर्थिक उन्नतीतिर कम्मर कसेर लाग्छौं।
नेपाल उद्योग वाणिज्य महासंघको हाम्रो नेतृत्वले देशका समग्र साना, मझौला र ठूला सबै उद्योगी व्यवसायीको व्यापार प्रवर्द्धन देखि लिएर उत्पादन र निर्यातसम्म सम्पूर्ण कुरामा फोकस गरेर व्यक्तिगत उद्योग तथा व्यवसायी प्रति ध्यान दिनेछ। हामीले त्यो प्रण पनि गरेका छौं र गर्छौं भन्ने विश्वास छ।’

प्रतिक्रिया