कारोबार


बिहीबारदेखि छोटो दूरीमा सबै सार्वजनिक यातायात चलाउन व्यवसायी तयार

बिहीबारदेखि छोटो दूरीमा सबै सार्वजनिक यातायात चलाउन व्यवसायी तयार

नेपालखबर
साउन ६, २०७७ मंगलबार ६:१७,

यातायात व्यवसायीले बिहीबारदेखि छोटोदूरीमा सबै सार्वजनिक यातायात चलाउन तयार भएका छन्। व्यवसायीले मौद्रिक नीतिले मुख्य माग सम्बोधन गरेकाले गाडी चलाउन तयार भएको बताएका हुन्।

गत शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले व्यवसायीको किस्ता तिर्ने समय थप गरेको छ। राष्ट्र बैंकले बनाएको कार्यविधिअनुसार ६ महिनादेखि १ वर्षसम्म ऋण तिर्ने समय थप हुनेछ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले ७ गतेपछि छोटो दूरीमा सार्वजनिक यातायात चलाउने तयारी गरेको जानकारी दिए।

त्यस्तै यातायात व्यवसायीका अन्य माग यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गर्ने सोमबार सहमति समेत गरेका छन्। जसमा व्यवसायीले माग गर्दै आएका यातायात मजदुरको बीमा रकम, कोभिड १९ को कारण मजदुरको मृत्यु भए राज्यले क्षतिपूर्ति दिनुपर्ने लगायत रहेका छन्।

कोभिड १९ बाट बच्न सुरक्षाका साधन भने व्यवसायी आफैँले मजदुरलाई उपलब्ध गराउन तयार भएका छन्। यसअघि सरकारले उपलब्ध गराउनुपर्ने माग गर्दै आएका थिए।

सरकारले छोटोदूरीमा ५० प्रतिशत यात्रु बोकी ५० प्रतिशत बढी क्षमतामा यात्रु बोक्न सक्ने निर्णय गरेको छ। केही व्यवसायीले यातायात सञ्चालन गरिसकेका छन् भने बाँकी सञ्चालन गर्ने तयारमा रहेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अहिले जिल्लाभित्र मात्रै सञ्चालन गर्ने केही समयपछि प्रदेशभित्र र देशभर यातायात सञ्चालन हुने गरी तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad