कारोबार


डिशहोममा डिलर दाइको डिस्काउन्टः हरेक हप्ता दुई जनाले पाउनेछन् नगद एक लाख

डिशहोममा डिलर दाइको डिस्काउन्टः हरेक हप्ता दुई जनाले पाउनेछन् नगद एक लाख

नेपालखबर
साउन ५, २०७७ सोमबार ९:३६,

‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ योजना अन्तर्गत ‘लाइभ लक्की ड्र’ मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन्।

साउन २ गते भएको ‘लक्की ड्र’ बाट डिशहोमको सेटअप बक्सको ‘केस आईडी नं ०२५१९०१७४७५, ७१९०७२७०२८५ बिजेता बन्न सफल भएका छन्।

गत असार २६ देखि साउन १ गतेसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर ‘लक्की ड्र’ सम्पन्न भएको हाे। हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नं १००, शोकेस २ च्यानल नं १०१ र रमाइलो टिभीमा ‘लाइभ लक्की ड्र’ मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन्। योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु एक लाख नगद प्राप्त गर्नेछन्। 

आउने ‘लाइभ लक्की ड्र’ साउन ९ गते शुक्रबार साँझ ५ बजे शोकेस च्यानल नं १००, शोकेस २ च्यानल नं १०१ र रमाइलो टिभीमा हुनेछ।

साउन २ गतेदेखि ८ गते बिहीबारसम्म डिसहोमको को आधिकारीक विक्रेताहरु मार्फत फन्ड ट्रान्सफर सेवाबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई साउन ९ गतेको लाइभ लक्की ड्र मा समावेश गरिने छ। साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो ‘विक्ली लक्की ड्र’ सहभागी गराईने भएको छ।

फन्ड ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad