हिमालयन बैंक लिमिटेड र कर्मचारी संचयकोषबीच ऋणको सावाँ र व्याज भुक्तानीसम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ व्यवस्थापक शंकर जोशी र कोषका तर्फबाट मुख्य व्यवस्थापक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन्।
सम्झौता पश्चात कर्मचारी संचय कोषमा रकम संचय गर्दै आएका संचयकर्ताहरुले कोषबाट लिएको ऋणको सावाँ र व्याज भुक्तानी कनेक्ट आइपीएस इपेमेन्टद्वारा गर्न सक्ने भएका छन्।
बैंकले कोषसँगको सम्झौता पश्चात कोषका संचयकर्तालाई लाभ पुग्ने विश्वास लिएको छ।

प्रतिक्रिया