ad ad

कारोबार


लन्डनमा हेडक्वार्टर सार्दै टिकटक

लन्डनमा हेडक्वार्टर सार्दै टिकटक

नेपालखबर
साउन ४, २०७७ आइतबार ८:३०,

पछिल्लो समय सर्वाधिक चर्चित सामाजिक सञ्जाल कम्पनी टिकटकले आफ्नो मुख्यालय बेलायती राजधानीमा सार्नलागेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।

विगत केही महिनायता कम्पनीले बेलायत सरकारसँग मुख्यालय लन्डनमा राख्न छलफल गरिरहेको रोयटर्सले जनाएको छ।

चिनियाँ स्वामित्वबाट टाढै राख्न यस्तो गर्नलागिएको बताइएको छ। त्यसो त लन्डनसहित अन्य सहरहरु पनि विकल्प रहेको बताइएको छ।

यो वर्ष कम्पनीले क्यालिफोर्नियामा धेरै रोजगारी सिर्जना गरेको थियो।

उसले वाल्ट डिस्नेका पूर्वसहकार्यकारी केभिन मेयरलाई पनि हायर गरेको छ। उनी टिकटकका प्रमुख कार्यकारी हुँदै छन्। उनी अमेरिकाका हुन्।

वासिङटनमा कम्पनीले व्यापक अनुसन्धानको सामना गर्नुपरेको छ। चीनले कम्पनीलाई डाटाको लागि दबाब दिनसक्ने भएकाले पनि अनुसन्धान भइरहेका छन्।

टिकटकमा चिनियाँ कम्पनी बाइटीडान्सको स्वामित्व छ।

एक स्रोतलाई उद्धृत गरी रोयटर्सले जनाएअनुसार अमेरिकामै मुख्यालय राख्न केही हप्तायता केन्द्रित भएको छ। तर लन्डनलाई पनि नकारेको छैन।

कम्पनीले लन्डनमा आफ्नो वर्कफोर्स पनि बढाउँदै लग्ने तयारीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .