कारोबार


बेरोजगार व्यक्तिलाई निवेदन दिन मन्त्रालयको आह्वान

बेरोजगार व्यक्तिलाई निवेदन दिन मन्त्रालयको आह्वान

नेपालखबर
असार ३१, २०७७ बुधबार १३:२०,

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिहरुलाई रोजगार सेवा केन्द्रमा निवेदन दिन सूचित गरेको छ। 

मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी आगामी साउन ७ गतेदेखि भदौ ७ सम्म सबै गाउँपालिका र नगरपालिकाका सम्बन्धित वडामार्फत निवेदन दिन आह्वान गरेको हो।

मन्त्रालयले स्थानीय तहहरुमार्फत बेरोजगार व्यक्तिको लगत संकलन गर्ने र आंशिक रोजगारी दिने गर्दछ।

आर्थिक वर्ष २०७७/७८ मा रोजगार सेवा केन्द्रमा वेरोजगार व्यक्तिले निवेदन दिने तथा छानबिन गरी सूचिकरण गर्ने कार्य २०७७ चैत १ देखि प्रारम्भ भएता पनि विश्‍वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण नेपाल सरकारले गत चैत्र ११ देखि गरेको देशव्यापी बन्दाबन्दीको कारण प्रभावित भएकोमा हाल बेरोजगार नागरिकले निवेदन दिने समय सीमा मिति २०७७ श्रावण ८ देखि २०७७ भाद्र ७ सम्म कायम गरिएको मन्त्रालयले जनाएको छ।

सबै गाउँपालिका र नगरपालिकाले सोही बमोजिम सम्बन्धित वडाबाट बेरोजगार व्यक्तिको निवेदन संकलन र वेरोजगार व्यक्ति सूचिकरणको आवश्यक व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत गत वर्ष असार ३१ मा सबै गाउँपालिका र नगरपालिकामा अनुरोध भई सकेको जनाइएको छ।

यस सम्बन्धी थप विवरण र निवेदनको ढाचाँ www.pmep.gov.np बाट समेत प्राप्त गर्न सकिने जानकारी गराइएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad