कारोबार


भाइबर प्रयोगकर्ताको संख्या ७८ प्रतिशतले वृद्धि

भाइबर प्रयोगकर्ताको संख्या ७८ प्रतिशतले वृद्धि

नेपालखबर
असार २९, २०७७ सोमबार १३:४५,

सञ्चार आदान प्रदानका लागि विश्वका ठूला एपहरुमध्येको एक– राकुटेन भाइबरले नेपालमा आफ्ना प्रयोगकर्ताहरुका लागि यसको बिल्कुलै नयाँ युजर इन्टरफेसको शुरुवात गरेको छ। जसले प्रयोगकर्ताहरुलाई एपमार्फत् नेभिगेट गर्न र आफूलाई मनपर्ने व्यक्तिसँग सहज रुपमा कुराकानी गर्न अनुमति प्रदान गर्छ।

यो नयाँ युजर इन्टरफेसका साथमा भाइबर प्रयोगकर्ताहरुले अब आफ्ना परिवार, साथीभाइ, र सहपाठीहरुसँग यो लोकप्रिय मैसेजिङ्ग एपलाई नेपाली भाषामा परिवर्तन गरी अझ धेरै उत्साहपूर्वक संलग्न हुन सक्नेछन्। उनीहरुले यो कार्यलाई एपको ‘सेटिङ्ग’ मा गएर र उनीहरुका पूर्व निर्धारित भाषा चयन गरेर पूरा गर्न सक्नेछन्।

विश्वव्यापी रुपमा कोभिड–१९ को फैलावटलाई रोक्न र नागरिकको स्वास्थ्य र सुरक्षालाई अझ सुनिश्चित् गर्न विश्वका सबै मुलुकहरुले सामाजिक दूरीको कडाईपूर्वक पालना गरिरहेको सन्दर्भमा भाइबर एपको प्रयोग उल्लेखनीय रुपमा वृद्धि भएर एक रेकर्ड नै कायम भएकोे छ।

गएको २ सातामा सामूहिक सन्देश १३४ प्रतिशतभन्दा धेरै र सरदर भाइबर प्रयोगकर्ताले प्राप्त गर्ने सामूहिक कलको संख्या ३७० प्रतिशतले बढेको छ भने समुदाय संलग्नताको सरदर संख्या ७८ प्रतिशतले वृद्धि भएको छ। यो नयाँ तथा स्थानीयकृत युआइको शुरुवातसँगै भाइबरले नेपाली प्रयोगकर्ताहरु बीच इन–एप क्रियाकलापहरुमा अझ धेरै उल्लेख्य वृद्धि हुने अपेक्षा गरेको छ।

एक निर्दिष्ट बजारको लागि एपलाई स्थानीयकृत गरी प्रत्येक प्रयोगकर्ताका निम्ति सन्तुष्टिपूर्ण अनुभूति उपलब्ध गराउनु भाइबरको लागि एक महत्वपूर्ण कदम हो। यो नयाँ युआइले भाइबरको एक उदयमान बजार नेपालमा प्रयोगकर्ताहरुलाई सजिलोसँग एप नेभिगेट गर्न सक्षम बनाउनेछ, जसले गर्दा उनीहरु प्रत्यक्ष अन्तरक्रिया गर्न असम्भव भएको अवस्थामा अरुहरुसँग बलियो सम्पर्क बनाउनमा केन्द्रित हुन सक्छन्।

‘विशेष गरेर अहिलेको चुनौतीपूर्ण समयमा प्रत्यक्ष देखादेख गरेर कुराकानी गर्न कठिन भइरहेको अवस्थामा नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गर्दै स्थानीयकृत गरिएको भाइबर इन्टरफेस शुरुवात गर्न पाउँदा हामीलाई गौरव महसुस भएको छ’ राकुटेन भाइबरका प्रमुख ग्रोथ अफिसर आना जमेंस्कायाले, ‘भाइबरले सदैव आफ्नो बजारको संस्कृति र आफ्ना प्रयोगकर्ताहरुको दैनिकीको प्रतिबिम्भ हुने गरी आफ्ना प्लेटफर्महरुलाई स्थानीयकरण गर्ने कार्यलाई खास महत्व दिने गर्दछ। हामीलाई आशा छ, स्थानीयकृत युआइले हाम्रो नेपाली प्रयागकर्ताहरुलाई उनीहरुका परिवार, साथीभाइ, सहकर्मी तथा उनीहरुको सरोकार रहने समुदायहरुसँग सजिलै जोडिन सहयोग पु-याउनेछ।’

राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ। हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन्। हामी हाम्रा प्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन्।

राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ। भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad