कारोबार


नेपाल एयरलाइन्सको हालसम्म ५८ उडान, झण्डै ११ हजार नेपालीको उद्धार

नेपाल एयरलाइन्सको हालसम्म ५८ उडान, झण्डै ११ हजार नेपालीको उद्धार

नेपालखबर
असार २८, २०७७ आइतबार १२:१६,

नेपाल एयरलाइन्सले जारी लकडाउनका बाबजुद निरन्तर उद्धार उडान गरेको छ। कम्पनीले जुन १४ देखि जुलाई १२ सम्म ५८ वटा उद्धार उडान गरेको हो।

कोभिड–१९ सिर्जित महाव्याधिले निम्त्याएको विश्वव्यापी संकटसित जुध्न राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम जोखिम मोलेर अहोरात्र जुटिरहेको कम्पनीले जनाएको छ। यस्तो अवस्थामा चीनको ग्वाङझाओ, चाङ्सा, कुनमिङ र बेइजिङबाट कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ढुवानी समेत गरेको छ।

आजसम्म दुबई, दोहा, क्वाललम्पुर, सिड्नी, ब्रिसबेन, नारिता, बैंकक, हङकङ, बहराइन, कुबेत, रियाद, जेद्दा, माले, ढाकालगायतका गन्तव्यहरुबाट ५८ वटा उद्धार उडानमार्फत जम्मा १० हजार ९ सय १२ यात्रुको उद्धार गरी स्वदेश फिर्ता गरेको निगमले जनाएको छ।

आगामी दिनमा पनि निगमले आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्दै थप चुस्तताका साथ नियमित व्यावसायिक उडान समेत जारी राख्ने प्रतिबद्धता निगमले व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad