डिशहोमले सञ्चालन गरेकोे डिलर दाइको डिस्काउन्ट अफर ग्राहकले रुचाएको कारण कम्पनीले निरन्तरता दिने भएको छ।
गत वर्ष फागुन २ गतेदेखि सुरु भएको अफर ४४ हप्ताको लागि मात्र ल्याइए पनि लोकप्रियताको कारण निरन्तरता दिन लागेको कम्पनीले जनाएको छ।
डिशहोमको देशभर रहेको बिक्रेता वा नजिकैको डिलर मार्फत फन्डट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा सहभागी हुन पाइने कम्पनीले जनाएको छ। हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल १०० र १०१ नम्बरमा तथा रमाइलो टिभीमा लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन्।
यो योजनाअनुसार २ जना विजेताहरुले प्रतिव्यक्ति १ लाख जित्छन्। फन्डट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ।
ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइनमार्फत ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली लक्की ड्रमा सहभागी गराइने कम्पनीको भनाइ छ।

प्रतिक्रिया