कारोबार


नबिल बैंक र हुवावेबीच रणनैतिक सहकार्य गर्ने सम्झौता

नबिल बैंक र हुवावेबीच रणनैतिक सहकार्य गर्ने सम्झौता

नेपालखबर
असार २४, २०७७ बुधबार ९:६,

नबिल बैंक र चिनियाँ प्रविधि कम्पनी हुवावेबीच रणनैतिक सहकार्य गर्ने सम्झौता भएको छ।

बुधवार ललितपुरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र हुवावे टेक्नोलजिज नेपालका प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेनले रणनैतिक सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

नबिल बैंकका लागि क्लाउड डिजिटाइजेसन सेवाबारे दुई संस्थाबीच सम्झौता भएको हो। हस्ताक्षर कार्यक्रममा वित्त सेवा व्यापार शाखा, हुवावे इन्टरप्राइज बीजीका अध्यक्ष चाओ चोंग र अन्य प्रतिनिधिहरूले उक्त कार्यक्रममा साक्षीको रूपमा भाग लिएको बैंकले जनाएको छ।

nabil huawei ss 2

दुवै कम्पनीले फलदायी साझेदारी सिर्जना गर्ने र एक अर्का बीच आपसी–लाभदायी रणनैतिक सहयोग सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। हुवावेले नबिल बैंकलाई डिजिटल रूपान्तरणको लागि विभिन्न पक्षका लागि सहयोग पुर्‍याउनेछ। यसबाट नयाँ डिजिटल बैंकिङ्ग, इन्टेलिजेन्ट सुरक्षा प्रणाली, इन्टेलिजेन्ट बैंकिङ्ग प्रवाह, इन्टेलिजेन्ट आन्तरिक व्यवस्थापन आदि हुनेछन्।

बैंकले नेपालको आधुनिक टेक्नोलोजी बैंकमा नेतृत्व गरी अहम भूमिका खेल्न सक्षम हुने र एक ईकोसिस्टम निर्माण गर्ने छ जसले ‘एभरीवेर इज बैंक, बैंकिङ्ग एट एनिवेर’ पूरा गर्ने बताइएको छ।

nabil huawei ss 1

हुवावेले अत्याधुनिक प्रविधिको प्रयोग गरेर सर्वोच्च ग्राहक अनुभवको लागि स्मार्ट र भरपर्दो समाधान प्रदान गर्नेछ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले हुवावेजस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग रणनैतिक साझेदारी गर्न पाएकोमा उत्साह व्यक्त गरे। उनले यो साझेदारी बैंक र ग्राहक वर्गमा भ्यालु अभिवृद्धि गर्नका लागि रणनैतिक रूपमा महत्वपूर्ण रहेको बताए।

nabil huawei ss 3

उनले भने, ‘विश्वमा विभिन्न उद्योगको डिजिटल रूपान्तरणमा ह्वावेको व्यापक अनुभवले बैंकलाई साँच्चिकै एक डिजिटल बैंक बनाउन सहयोग गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad