कारोबार


सोल्टी होटल सिल, होटलका ५५ कर्मचारी क्वारेन्टिनमा

सोल्टी होटल सिल, होटलका ५५ कर्मचारी क्वारेन्टिनमा

नेपालखबर
असार २२, २०७७ सोमबार १२:४४,

प्रहरीले राजधानीको सोल्टी होटल सिल गरेको छ। होटलमा बस्ने नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ जना संक्रमण देखिएपछि होटल सिल गरिएको हो।

विदेशबाट श्रमिक उद्धार गर्ने उडानमा संलग्न रहेका उनीहरु सोल्टी होटलमा बस्दै आएका थिए।

उनीहरुलाई होटलमै आइसोलेसन वार्ड बनाएर राखिएको छ। होटलको एउटा भवनको पाँचौं तलामा आइसोलेसन वार्ड बनाइएको छ। संक्रमण देखिए पनि उनीहरुमा कुनै लक्षण देखिएको छैन।

होटलमा रहेका एयरलाइन्सका कर्मचारीमा संक्रमण देखिएपछि सोल्टी होटलका ५५ जना कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad