बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खाता अन्तर्गत शुभद्रा श्रेष्ठलाई बीमा दाबी रमक भुक्तान गरेको छ। बैंकको उक्त मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आएकी श्रेष्ठले औषधि उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी पाएकी हुन्।
बैंकको साँखु शाखाबाट श्रेष्ठलाई एक लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरिएको छ।
बैंकका सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बीमा दाबी रकम हस्तान्तरण गरे। कार्यक्रममा श्री सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड जोरपाटी शाखाका प्रबन्धक उत्तमराज जोशीको उपस्थिती रहेको थियो।
बैंकले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ रु. एघार लाखसम्मको बीमा सुबिधा उपलब्ध गराउँदै आइरहेको छ। बीमा सुबिधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि रु. पाँच लाख, १८ घातक रोगहरुको लागि रु. पाँच लाख तथा औषधि उपचारको लागि रु. एक लाखको बीमा सुबिधा रहेको छ।
बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा श्री सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउँदै आईरहको छ।
बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया