कारोबार


उद्योग वाणिज्य महासंघको महाधिवेशन तोकिएकै समयमा हुन्छ : उपाध्यक्ष ढकाल

उद्योग वाणिज्य महासंघको महाधिवेशन तोकिएकै समयमा हुन्छ : उपाध्यक्ष ढकाल

नेपालखबर
असार १९, २०७७ शुक्रबार १३:२,

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउन २५ र २६ गते नै महासंघको महाधिवेशन हुने बताएका छन्।

गत चैतमा गर्नुपर्ने महाधिवेशन कोभिड १९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण साउन २५ र २६ गते सारिएको अहिलेकै अवस्था रहेमा उक्त दिन नै महाधिवेसन हुने बताए।

शुक्रबार चन्द्रागिरी हिल्सको अवस्थाका बारेमा जानकारी दिन चन्द्रागिरी पुगेका उपाध्यक्ष ढकालले पत्रकारहरुसँग कुरा गर्दै तोकिएको मितिमै महाधिवेशन गर्ने गरी नै महासंघका कार्यक्रमहरु अगाडि बढेको बताए।

महाधिवेशनका लागि काठमाडौंमा आउनुपर्ने १ सय ५ जिल्ला नगर उद्योग वाणिज्य संघका नेतृत्व र वस्तुगत संघका नेतृत्व लगायत गरी करिब ४ सयको संख्यामा हुने र सामाजिक दूरी कायम गरी तोकिएकै दिन महाधिवेशन हुने विश्वास आफूले गरेको बताए। त्यसका लागि सरकारसँग समेत सहयोगको अपेक्षा महासंघले गरेको उपाध्यक्ष ढकालले बताए। उनले लकडाउनभन्दा पहिला चुनावी क्रियाकलापहरु बढी रहेको र अहिले पनि सहमतिमा चुनावमा सहभागिता जनाउन सकिने ठाउँ रहेको बताए। वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका ढकालले चुनावलाई केन्द्रीत गरेर कुनै गुटगत राजनीति नगरेको समेत स्पस्ट पारे।

उपाध्यक्ष ढकालले स्वास्थ्य सुरक्षाका पोर्टोकलहरुलाई कार्यान्वयन गरी व्यवसायिक क्षेत्र खोल्न सरकारले वातावरण बनाउनुपर्ने माग महासंघले राख्दै आएको बताए। उनले सबै क्षेत्रका उद्योग व्यवसायलाई ५० प्रतिशतको क्षमतामा चलाउने गरी पोर्टोकल तयार गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान जानुपर्ने बताए। उनले पर्यटकीय स्थल मात्र नभएर होटल व्यवसाय, एयरलाइन्स लगायतका क्षेत्रलाई पनि सुरक्षित रपमा सञ्चालन गर्न दिनुपर्ने बताए।

सरकारले असार १ गतेदेखि आंशिक रुपमा व्यवसाय गर्ने वातावरण बनाएको तर व्यवसायका क्रियाकलापहरु प्रभावित भएकाले अझै व्यवस्थित पोर्टोकल तयार गरी सबै क्षेत्रलाई खोल्नुपर्ने बताए। कुनै एक क्षेत्रमात्रै खोल्दा अर्थतन्त्र चलायमान हुन नसक्ने भएकाले पर्यटकीय क्षेत्र मात्रै नभई होटल तथा एयरलायन्सलाई समेत खोल्नुपर्ने उनको जोड थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad