ad ad

कारोबार


सेयरबजारमा सर्किट ब्रेकपछि कारोबार बन्द, बीमा कम्पनीका सेयरधनीले कमाए

सेयरबजारमा सर्किट ब्रेकपछि कारोबार बन्द, बीमा कम्पनीका सेयरधनीले कमाए

नेपालखबर
असार १६, २०७७ मंगलबार ८:४८,

सेयरबजारमा नेप्से परिसूचक उच्च अंकले बढ्दा सर्किट ब्रेक लागेको छ। ११ बजे खुलेको बजार १२ः१७ मा ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि बन्द भएकोमा १ बजे पुनः ६ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेको थियो। सोलगत्तै आजका लागि कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कारोबारको तेस्रो घण्टा वा त्यसपछि ६ प्रतिशतले सूचक घटे वा बढे बाँकी पूरै दिनको कारोबार स्थगन हुने नियमअनुसार आजको कारोबार बन्द भएको हो। नेप्से परिसूचक बजार बन्द हुँदासम्म ७२.०५ अंकले अर्थात् ६.०६ प्रतिशतले र ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १५.६३ अर्थात् ६.१० प्रतिशतले बढेको हो।

आज १ सय ३४ कम्पनीको ४ लाख ८९ हजार ५ सय ३७ कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ। आज कुल २ हजार ९ सय १९ पटक कारोबार भएको थियो। आज होटल र म्युचुअल फन्डबाहेकका समूहको कारोबार सूचक बढेको छ। आज सबैभन्दा बढी जीवन बीमाको ६३४.९८, निर्जीवन बीमाको २९६.१५, उत्पादन समूहको १२२.१७ अंकले सूचक बढेको छ।

कारोबारका हिसाबले हिमालयन डिस्टिलरीको ३ करोड ६४ लाखको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ५२ लाखको, साना किसान विकास बैंकको १ करोड ६७ लाखको र शिवम् सिमेन्टको १ करोड २६ लाखको कारोबार भएको थियो।

आजको कारोबारमा ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेनस कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र शिवम् सिमेन्टको सेयर प्रतिकित्ता क्रमशः २०७, ४९, ३६, १०७, ५२ र ५० रुपैयाँले बढेको हो।

त्यस्तै दुईवटा कम्पनीहरु नेपाल रिइन्स्योरेन्स कम्पनी र ओरेन्टल होटल्स लिमिटेडको सेयर प्रतिकित्ता क्रमशः ३८, ३३ रुपैयाँले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .