ad ad

कारोबार


अंशबण्डामा स्टिल उद्योग नपाएको झोकमा सीके गोल्छाले खोले नयाँ उद्योग, २३ करोड लगानी

अंशबण्डामा स्टिल उद्योग नपाएको झोकमा सीके गोल्छाले खोले नयाँ उद्योग, २३ करोड लगानी

दीपक भट्ट
असार १०, २०७७ बुधबार १२:०,

गोल्छा अर्गनाइजेसनको अंशबण्डा भएको तीन वर्ष पूरा भएको छ। रामलाल गोल्छाका दुई छोराहरु हंशराज र हुलासचन्द्र गोल्छा तथा उनीहरुका पनि ९ जना छोरा अर्थात् रामलालका नातिहरुले अंशबण्डा गरेका थिए।

रामलालदेखि सुरु भएको व्यवसायको अंशबण्डा २०७३ को अन्तिममा सकिएको थियो।

हंसराजका छोरोहरु लोकमान्य, दिवाकर, राजकुमार, दिनेश र महेन्द्र हुन् भने हुलासचन्द्रका छोराहरु चन्द्रकुमार, सुरेन्द्र, शेखर र सञ्जय गोल्छा हुन्।

उनीहरुलाई बराबर हुने गरी आफ्नो उद्योग व्यवसायलाई अंशबण्डा गरिएको थियो। तर भागबण्डा हुने क्रममा हंसराजका छोरा दिवाकर (जसको गत वर्ष निधन भयो) र हुलासचन्द्रका छोरा चन्द्रकुमार अर्थात् सीके गोल्छाबीच केही मनमुटाव भयो।

त्यो मनमुटावको कारण थियो– हुलास स्टिल उद्योग। सिमरामा रहेको यो उद्योग सीके गोल्छाले हेर्ने गर्थे। उद्योगको स्थापना दिवाकरले नै गरेको भए पनि यसको जिम्मेवारी भने सीके गोल्छाले पाएका थिए। तर अंशबण्डाको क्रममा भने दिवाकरले सीकेलाई पन्छाएका थिए।

यो कुरालाई मनमा लिएर बसेका सीके गोल्छाले अन्ततः स्टिल तथा आइरन उद्योगमै अडिने विचारसाथ नयाँ व्यवसाय अगाडि बढाएका छन्।

२३ करोड लगानीको नयाँ उद्योग दर्ता
भर्खरै उनले हुलास आइरन उद्योग पर्सामा सुरु गरेका छन्। लकडाउनकै अवधिमा उनले २३ करोड लगानीको नयाँ उद्योग दर्ता प्रक्रिया सक्याएका छन्। यो उद्योगले एचआार पाइप उत्पादन गर्नेछ।

पर्सा जिल्लाको विन्दबासिनी गाउँपालिका वडा नं २ मा यो उद्योग स्थापना हुनेछ। उद्योगले ३० हजार मेट्रिक टन दैनिक उल्पादन गर्ने क्षमता राख्छ। ५ सय केभीए विद्युत् खपत गर्ने उक्त उद्योगले १ सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्नेछ।

प्रत्यक्ष र अप्रत्यक्ष गरेर करिब १५ सय मानिसलाई रोजगारी दिनसक्ने यो उद्योगको क्षमता छ। एचआर पाइपको अलावा सीआर पाइप पनि यही उद्योगबाट उत्पादन हुनेछ।

यो उद्योगको निगरानी भने चन्द्रकुमार गोल्छाका छोरा सरद गोल्छाले गर्नेछन्। अंशबण्डा भइसकेपछि छुट्टै व्यावसायिक ग्रुपबाट चन्द्रकुमार गोल्छा अघि बढिसकेका छन्।

त्यसमा हुलास इन्जिनियरिङ र सौर्य सिमेन्ट त अंशमा नै आएको छ। त्यसको साथमा यो पाइप उद्योगलाई अझ विस्तार गर्दै स्टिल उद्योग र अन्य क्षेत्रमा समेत विस्तार गर्ने योजनामा सीके गोल्छा लागिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .