सरकारले हवाइ उडान असार २१ सम्म बन्द गर्ने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदार बहादुर अधिकारीले मन्त्रिपरिषदले जुलाई ५ अर्थात् असार २१ सम्म उडानमा प्रतिबन्ध लम्ब्याएको जानकारी दिएका हुन्।
यसअघि असार १६ गतेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो। सरकारले गत वर्ष चैत ११ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय नियमित उडान बन्द गरेको थियो।
नियमित उडान बन्द भए पनि यात्रु उद्धार तथा कार्गो जहाजले भने विशेष अनुमति लिएर उडान गर्न पाउनेछन्।
3
Shares

प्रतिक्रिया